मेलिना राई र दीपक विकको स्वरमा रहेको लोक पप गीत ‘ब्यूटी मान्छेलाई….’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा मोडल द्वय रोहित अधिकारी र एल्जिना मगर फिचर्ड छन् ।
किरात विन्द्र राईको निर्देशनमा तयार भएको भिडियोलाई विरेन्द्र भट्टले छायाँकन गरेका छन् भने अनिल रानाले सम्पादन गरेका हुन् ।






