काठमाडौं,
आश्विन ३ ।
रेशम आले मगरको स्वरमा रहेको ‘राजी छु…’ गीत सार्वजनिक भएको छ । नेपाली मौलिक संस्कृति झल्किने लोक गीत ‘राजी छु…’को म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायिका देवी घर्तिले स्वरमा साथ दिएकी छिन् रेशमलाई ।
राजकुमार बगरको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा दुर्गेश थापा र रिना थापाले अभिनय गरेका छन् । राजेश घिमिरेको छायाँकन, विष्णु शर्माको सम्पादन प्रकाश भट्टको निर्देशन रहेको गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।






