सिनेमाघरमा ‘साली कसको भेनाको’

काठमाडौं,
भाद्र २९ ।

देशभरका सिनमाघरमा ‘साली कसको भेनाको’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनमाघरमा चलचित्र साली कसको भेनाको प्रदर्शनमा आएको हो ।

भद्र भुजेलको निर्देशन रहेको यो चलचित्रको गत सोमबार राजधानीमा प्रिमियर पनि गरिएको थियो । प्रिमियरमा चलचित्रले तारिफ पाएको थियो । प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मालगायत वरिष्ठ कलाकारको उपस्थिति रहेको थियो ।

मगर संस्कृति, परम्परा तथा पारिवारिक कथालाई प्रस्तुत गरिएको कमेडी चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्दछ । प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रलाई पुष्प आचार्यले लेखेका हुन् ।

निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशीलगोपाल न्याछ्यो, काजीमान श्रेष्ठ (विशाल), कमला भट्टराई र मुक्ति अधिकारी छन् । प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको सङ्गीत रहेको चलचित्रलाई दीर्घ गुरुङले छायाँकन गरेका छन् ।

चलचित्रमा विल्सनविक्रम राई, रजनी गुरुङ, बुद्धि तामाङ, मरिष्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, प्रिया रिजाल, देव सागर, रवि गिरी, वीरेन श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई एफडी कम्पनी र स्टेसन फाइभले वितरण गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार