इन्टु मिन्टु लण्डनमाको पोस्टर सार्वजनिक

काठमाडौं,
भाद्र २८ ।

आगामी असोज ५ गतेदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई मध्ये एकमा चलचित्रका दुई मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर छन् भने अर्को पोस्टरमा साम्राज्ञी र धिरजको साथमा शारुक ताम्राकार, विजय लामा, दिल भूषण पाठक, अर्जुन श्रेष्ठ, रुवी राणा शाह फिचर छन् ।

इन्टु मिन्टु लण्डनको यसअघि गीतहरू र ट्रेलर सार्वजनिक भइसकेको छ । यो चलचित्रलाई कोरियोग्राफर रेनशा बान्तवा राईले निर्देशन गरेकी हुन् ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सहनिर्माताहरूमा सुलेखा राई, वसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको चलचित्रको लेखकमा अभिमन्यु दीक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायाङ्कन रहेको चलचित्रमा टसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको सङ्गीत चलचित्रमा रहेको छ । चलचित्र टिम यति बेला मोफसल प्रचारमा व्यस्त रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार