काठमाडौं,
भाद्र २५ ।
व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीत सार्वजनिक भएको छ । आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो बाबा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा सङ्गीत रहेको छ ।
अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन् । उनले भनिन्, ‘बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन् । त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ।’ उनी आमाको स्वर्गाहोरण पछि बाबाले आमा-बाबा दुबैको माया दिनुभएको बाबालाई यस गीत उपहार दिएको बताउँछिन् ।

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता शिव श्रेष्ठ र हर्षिका श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा एन्जल गुप्ता र दिपेन गौतमको पनि अभिनय देख्न सकिन्छ । भिडियो केही सन्देशमुलक पनि बनाइएको निर्देशक वाइवा बताउँछन् । भन्छन्, ‘अहिले देशमा भइरहेको बलत्कारको विरुद्धमा यस भिडियो तयार पारेको छौं।’
त्यस्तै अभिनेता शिव श्रेष्ठले यस भिडियोमा अभिनय गर्न पाउँदा निकै खुसी भएको बताए। उनले भने, ‘धेरै चलचित्रमा काम गरेपनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन् । तर, यति राम्रो गीतमा अभिनय गर्न पाएको छु निकै खुसी लागेको छ।’ हर्षिका पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताउँछिन् । उत्सव दाहालको छयाँकन रहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।






