सर्वनाममा गुञ्जिए मनिष

काठमाडौं,
भाद्र २४ ।

सर्वनाम थिएटरमा शनिबार भक्ति सङ्गीतले गुन्जयामान भयो । चितवनका मनिष सापकोटाले करिब एक दर्जन कलाकारको साथ लिएर भक्ति सङ्गीत गाएका थिए । उनले उक्त कार्यक्रममा करिब एक दर्जन भक्ति सङ्गीतका गीतहरु प्रस्तुत गरेका थिए ।

सापकोटालाई गायनमा सिता सुबेदी मेनुका कुवर, मिना नेपाली, तारा लिम्बुले साथ दिएका थिए भने बाध्यबादनमा तबेला लक्ष्मी डंगोल, गितार जिके सिंह, बासुरी डा. निरन्जन भण्डारी, किबोर्ड ब्रुनो तामाङ, अक्टोप्याड तेजकुमार श्रेष्ठ, ढोलक सुधिर चौधरी, मादल सुनिल अर्याललगायतका थिए ।

कार्यक्रममा औधोगिक शान्ति नेपाल सस्थाका अधक्ष्य सन्दिप महत, सङ्गीतकार बुलु मुकारुङ, दीपक जंगम, राजु सिंह, रमण घिमिरे, किरण प्रधान, बरिष्ट पत्रकार हरिहर बिरही, औधोगिक शान्ति नेपाल सस्थाका कोषाधक्ष्य प्रितम मल्ल लगायतका बिशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार