काठमाडौं,
भाद्र २२ ।
चलचित्र ‘छक्का पञ्जा ३’को गीत ‘पहिलो नम्बर…’ले करोड भ्यूअर्स पाएको उपलक्ष्यमा बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले करोडको केट काट्दै खुसीयाली मनाएको छ । यस वर्षको दशैंमा प्रदर्शनमा आउन लागेको ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ले सफलता चुमेको हो ।
निर्माता तथा निर्देशक दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ३’को पहिलो गीत यूट्युबमा अपलोड भएको ३६ दिनमा उक्त गीतमाथि करोड बढी दर्शकको नजर परेको छ ।
निर्माता, कलाकार तथा लेखक दीपाकराज गिरीले गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको बताउँदै चलचित्र पनि उत्कृष्ट बनेको बताए । दीपक शर्माको सङ्गीत, डेभिड शंकर र विन्दु परियारको स्वर रहेको ‘पहिलो नम्बरमा’ गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।
दीपकराज गिरी, केदार घिमिरे, संजोग कोइराला, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, स्वस्तिमा खड्का, बर्षा राउत र दीपाश्री निरौलालाई यो गीतमा हेर्न सकिन्छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।
चलचित्रमा दीपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘छक्का पञ्जा ३’ ले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ ।
यस्तो छ गीत:-






