काठमाडौं,
भाद्र १३ ।
बरिष्ठ गायक आनन्द कार्कीको धर्मपत्नीको र्इश्वरी कार्कीको शिघ्र स्वास्थ लाभ को कामना सहित परिवर्तन् इभेन्ट हाउस एवम् लायन्स कल्ब अफ नेपाल बुढानिलकण्ठको सहकार्यमा बाबा एजुकेशन कन्सल्टेन्सी ‘मिस एन्ड मिस्टर प्लस टु स्टार २०१८’ हुने भएको छ ।
पल्स टु अध्यन्ररत बिधार्थीहरु सहभागिता रहेको यस प्रतियोगिताको प्रतियोगीहरु श्रावण २७ गतेबाट प्रशिक्षणमा ब्यस्त छन् ।
बिभिन्न क्षेत्रका बिज्ञ व्यतित्वहरुको मोटिभेशन स्पिचसँगै प्रतियोगीहरूलाई आवश्यक प्रशिक्षण सञ्चारकर्मी एवम् कोरियोग्राफर जयन सुब्बा मानन्धरले दिईरहेकी छन् । प्रतियोगीहरूलाई अन्य आधारभूत तालिमसँगै अन्य समाजिक क्रियाकलापमा पनि सहभागी गराइएको छ । सामाजिक दायित्व बोध गराउन गएको साता प्रतियोगीहरूलाई पशुपतिको वृद्धआश्रममा लागिएको थियो ।
उनीहरुले त्यहाका वृदहरूलाई फलफुल एवम् जुस खुलाएर केही समय उनीहरुसँग बिताएका थिए । त्यस्तै धार्मिक आस्थाको लागि प्रतियोगीहरूलाई महायज्ञमा पनि सहभागी गराइएको थियो ।
प्रतियोगीहरुको फोटोजेनिक सबटाईटलका लागि फोटोसुट सम्पन्न भइसकेको पनि आयोजकले जनाएको छ भने टेलेन्ट राउण्ड आउँदो शनिबार आयोजना हुँदैछ ।
मिस एवम् मिस्टर पल्स टु स्टार का बिजेताले अस्ट्रेलियामा पढ्न जान पाउने आयोजक सोनिया जी.आर.ले जानकारी दिएका छिन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भाद्र २३ गते राजधानीमा सम्पन्न हुने र उक्त प्रतियोगिता सँगै आनन्द कार्की एकल साँझ २०७५ पनि हुने जानकारी आयोजकले दिएको छ ।






