जन्मदिनमा डब्बुले ल्याए यो तन यो मन (भिडियोसहित)

काठमाडौं,
भाद्र ११ ।

सञ्चारकर्मी डब्बु क्षत्रीको गीति सङ्ग्रह ‘गुलाबी स्वरहरु’मा सङ्ग्रहित गीत यो तन यो मन…को भिडियो सार्वजनिक गरिएको छ । क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर आफ्नै च्यानल व्युटी न्युज नेपालबाट यो भिडियो रिलिज गरेका हुन् । सन्तोष श्रेष्ठको सङ्गीत र रेश्मा पुन मगरको स्वर रहेको गीतलाई सङ्गीत संयोजन जुगल डंगोलले गरेका हुन् ।

यो गीतको छायाँकन हालै मलेशियामा गरिएको हो । गीतको भिडियोमा मोडल कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ । गीतको छायाँकन मलेशियाको पर्यटकीय शहर मेलाक्कामा गरिएको हो ।

यो गीतलाई सुजन न्यौपानेले खिचेको हुन् । जसमा रोशनी न्यौपानेको मेकअप रहेको छ । भिडियोलाई अशोक मल्लले छायाँकन गरेका हुन् । भिडियो निर्देशक डब्बु क्षत्री आफैँ हुन् । दुई दिन अघि सार्वजनिक गरिएको भिडियोले दर्शकको राम्रो साथ पाईरहेको गीतकार क्षत्रीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार