हिमालय ब्युटी पेजेण्टको उपाधि सुजातालाई

काठमाडौं,
भाद्र ११ ।

हिमालय ब्युटी पेजेण्ट २०१८को उपाधि सुजाता देउजाले जितेकी छिन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हिमालय प्याजेण्टद्वारा आयोजित हिमालय ब्युटी पेजेण्ट २०१८ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उक्त उपाधि जित्न सफल भएकी हुन् ।

उक्त प्रतियोगितामा अन्जना ज्योति फस्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भएका छन् ।

प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, अभिनेता प्रदीप खड्का, सञ्चारकर्मी सुर्य चन्द, राजेन्द्र लुइटेल, सौन्दर्य ब्यबसायी टेकराज पाण्डे, प्राध्यापक ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति, सर्ब प्रतिक श्रेष्ठ थिए ।

उक्त प्रतियोगिताको कोरियोग्राफि अन्जला नकर्मी श्रेष्ठले गरेकी थिइन् भने उद्घोषकमा कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार