‘मालिका’को ‘सर सर हवा वहन्छ…’ (भिडियोसहित)

काठमाडौं,
भाद्र ४ ।

चलचित्र मालिकाको पहिलो गीत ‘हल्का माया…’ चर्चामा रहिरहेका बेला दोस्रो गीत ‘सर सर हवा वहन्छ…’ सार्वजनिक भएको छ । रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’को दोस्रो गीत ‘सर सर हवा वहन्छ…’ सार्वजनिक भएको हो ।

सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको यो गीतमा आस्था राउतको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार रेखा र कमला वलीको यात्रा देखाइएको छ ।

आफ्ना हरेक चलचित्रमा नारी सशक्तिकरणको आवाज उठाउने रेखाले यसपटक ‘मालिका’ मा बाल विवाहको कथालाई उठाएकी छन् । सार्वजनिक गीतले पनि मूल कथालाई प्रस्ट्याएको छ । सशक्त र कमजोर नारीको कथा चलचित्रले वाचन गर्ने रेखा बताउँछिन् ।

रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्र यस वर्षको लक्ष्मीपूजामा देशभरका सिनेमाघरमा आउँदै छ । शिवम अधिकारीको पटकथा रहेको चलचित्रमा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की चलचित्रका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

यस्तो छ गीतः-

यसमा तपाइको मत

अन्य समाचार