काठमाडौं,
भाद्र ३ ।
सञ्चारकर्मी शारदा थापाको तीज गीत ‘व्रत बसेर पति पाइँदैन’ सार्वजनिक भएको छ । विगत वर्षहरुमा पनि तीज गीत लिएर आउने गरेकी थापा यसपटक स्वर र शब्दसहित देखा परेकी हुन । गीतमा श्याम लिम्बूको सङ्गीत रहेको छ भने भिडियोलाई स्वयं शारदाले निर्देशन गरेकी छन् ।
प्रभास मगरको कोरियोग्राफी रहेको गीतलाई सन्जिव पौडेलले छायाँकन र सम्पादन गरेका छन् । पप आधुनिक गीतहरुमा स्वर दिइसकेकी शारदाको यो तेस्रो तीज गीत हो ।
https://www.youtube.com/watch?v=gk1mcqKyOqg&feature=em-comments






