यस्तो आयो धूम ३ को दोस्रो गीत (भिडियोसहित)

काठमाडौं
भाद्र १ ।

चलचित्र धूम ३ को दोस्रो गीत सार्वजनिक गरिएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र धूम ३ को दोस्रो ‘न्यानो लाग्छ…’ गीत सार्वजनिक भएको हो ।

ओम सुनारको सङ्गीत तथा भानुभक्त ढकालको शब्द तथा ओम र कबिता श्रेष्ठको आवाजमा रहेको न्यानो लाग्छ प्यारो लाग्छ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

नायक जय किशन बस्नेतकै लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्र धूम ३ को उक्त गीतमा बस्नेतको साथमा नायिका एलिना रायमाझीको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । गीतमा बस्नेत आफैँले कोरियोग्राफी गरेका छन् । गीतलाई धार्मिक एवम पर्यटकीय स्थल गोसाईंकुण्डमा छायाँकन गरिएको छ ।

आफूले हालसम्म निर्माण गरेका चलचित्र मध्ये धूम ३ प्रति अझ बढी दर्शकहरुको साथ रहनेमा आशावादी रहेका जय किशन बस्नेत बताउँछन् । उनको नै लेखन, निर्माण तथा निर्देशन रहेको यो चलचित्र यही अशोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको छ ।

चलचित्रको पहिलो गीत ‘तिम्रो हेराईले…’ केही हप्ता अघि सार्वजनिक गरिएको थियो । पहिलो गीतलाई दर्शकले रुचाई रहेका बेला निर्माणपक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । चलचित्रलाई जीवन श्रेष्ठ छायाँकन गरेका हुन् भने अन्य कलाकारहरुको बारेमा ट्रेलर रिलिजको समयमा मात्र जानकारी गराईंने निर्देशक बस्नेतले बताए ।

यसमा तपाइको मत

अन्य समाचार