काठमाडौं,
श्रावण २० ।
भाद्र ८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘रेनी’को ट्रेलर र ‘मलाई नाइँ नाइँ…’ बोलको गीत सार्वजनीक गरिएको छ । त्रिकोणात्मक प्रेमकथानक यो चलचित्रको आइतबार राजधानीमा प्रेसमिट गरि गीत र ट्रेलर देखाइएको हो ।
बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको चलचित्रको सो गीतमा नवअभिनेत्री सनम मल्ल र अभिनेता दिपक ढकाललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् । गिरिश रिजालको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचत्रकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नवअभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हासो, रोदन, द्वन्द्वका साथमा सामाजीक बिषयलाई प्रस्तुत गरिएको जानकारी दिइन् । उनले आफू नयाँ भएकाले सबैको माया र साथले नै अघि बढ्न हौसला मिल्ने बताइन् ।
अभिनेता दीपकले रेनीको स्क्रिप्ट निकै मन परेको बताउदै आमदर्शकले चलचित्र सफल गराइदिने बिश्वास ब्यस्त गरे । निर्देशक गिरिशले रेनी आफ्ना लागि बिशेष भएको बताउदै दर्शकले पनि मन पराउने दावी गरे । त्यसैगरी, कार्यक्रममा कमेडीयन टंक डुम्रे र बिजय तिखातारिले पनि आफ्नो भूमिकाबारे प्रष्ट्याएका थिए ।
शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित चलचित्रलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । जयराम रिजालले खिचेको चलचित्रका गीतमा बिनोद खुम्बुको पनि सङ्गीत छ । चलचित्रको द्वन्द्व राजु किराँतीले निर्देशन गरेका हुन् ।






