सोमाको ‘गाउँ तीजमा स्वर खोली…’ (भिडियोसहित)

काठमाडौं,
श्रावण २० ।

सोमा खत्रीले तीज गीत ‘गाउँ तीजमा स्वर खोली…’ लिएर आएकी छन् । गीतको भिडियोलाई नारी नेपाल चेतनशील संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बरिष्ट गीतकार कृष्णहरि बरालले सार्वजनिक गरेका हुन् ।

देवदत्त भट्टले रचना गरेको यस गीतमा सप्रेम सागरले सङ्गीत भरेका छन् । सप्रेमले नै निर्देशन गरेको गीतको भिडियोमा करुणा खत्री थापा र अन्य कलाकारको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

विन्ध्यवासिनी म्युजिकको प्रस्तुति रहेको गीतको भिडियोलाई रामसिंह भाटले छायाँकन तथा कुमार पुर्वेलीले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार