यस्तो छ ‘रामकहानी’को ट्रेलर

काठमाडौं,
श्रावण १७ ।

भाद्र २२ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘रामकहानी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ‘तिम्रो लागि म छु…’ बोलको गीत रिलिज भएसँगै चर्चामा रहेको यो चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजनागरी अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

सुदर्शन थापा निर्देशित यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । ट्रेलर रोमान्टिक प्रेम कथाले भरिएको छ । चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा पनि प्रमुख भूमिकामा छन् ।

कार्यक्रममा ‘रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको निर्देशक थापाले बताए ।  नायिका पूजा शर्माले चलचित्र क्षेत्रलाई नयाँ नयाँ कलाकार चाहिने भएकाले पनि आफ्नो चलचित्रमा नयाँ नायक हुने बताइन् ।

कलाकार जितु नेपालले चलचित्रको नाम केदार घिमिरेका लागि ‘रामकहानी’ नभई ‘दामकहानी’ हुनुपर्ने भन्दै रमाइलो गरे । कलाकार केदार घिमिरेले चलचित्रमा काम गर्दा आनन्द आएको र आफूले खसी समेत ढालेको बताए ।

अर्का कलाकार राजाराम पौडेलले आफ्नो सिन पूजा र आकाशसँग मात्र भएको सुनाए । त्यस्तै कलाकार रविन्द्र झा र विल्सन विक्रम राइले पनि यो यूनिटसँग काम गर्दा सहज भएको प्रतिक्रिया दिए ।

चलचित्रको कथा सुदर्शन आफैँले लेखेका हुन् । सौरभ लामाको छायाँकन रहेको चलचित्रमा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।  यो चलचित्र पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार