श्रीकृष्ण बम मल्लको ‘सान्नानीले……’ (भिडियोसहित)

काठमाडौं,
श्रावण १७ ।

श्रीकृष्ण बम मल्लको स्वरमा ‘सान्नानीले……’ गीत सार्वजनिक भएको छ । गायककै शब्द, सङ्गीत, श्याम स्वेत रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजकुमार महर्जनले निर्माण गरेको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

भुवन स्याङ्बो तामाङको निर्देशन रहेको गीतमा नयन डि.सी., एलिशा शर्मा, राजकुमार महर्जन, ग्रोभी ब्वाईजलगायतकाको अभिनय रहेको छ । गीतको भिडियोको बजार ब्यवस्थापन व्हाईट पिगन मिडियाले सम्हालेको छ ।

https://www.youtube.com/watch?reload=9&v=b4UHB5fdVjw&feature=share

यसमा तपाइको मत

अन्य समाचार