काठमाडौं,
श्रावण १४ ।
तिलक ओली र करिष्मा डिसीको स्वरमा रहेको तीज गीत ‘भैसी गयो खोलै खोल’ सार्वजनिक भएको छ । तिलक ओलीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गोविन्द विवसको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोलाई प्रेमकुमार थारुले सम्पादन गरेका छन् । भिडियोमा गोविन्द विवस, रिना थापा मगरको अभिनय रहेको छ ।
गामवेसी म्युजिक प्रा.लि.को प्रस्तुतिमा डेनु ओलीको यो गीतलाई स्रोता/दर्शकले मन पराउँनेमा निर्माणपक्ष आशावादी रहेको छ ।






