हे गौरी ल्याउँदै पुष्कर

काठमाडौं,
श्रावण १३ ।

गीतकार तथा कलाकार पुष्कर पन्तले स्रोता/दर्शकमाझ नयाँ गीत ‘हे गौरी’ लिएर आउँने भएका छन् । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वरमा ‘हे गौरी’ स्रोता/दर्शकमाझ आउँन लागेको हो ।

बिगत डेढ दशक देखि अमेरिकामा बसेर नेपाली कलाकारितालाइ माया गर्दै आएका उनि पछिल्लो समय गीतकारको रुपमा समेत चर्चित बन्दै गएका छन् ।

भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन् । उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन्। तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुतिलगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए ।

नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता, गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको २ वटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ सङ्गीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन ।

यसमा तपाइको मत

अन्य समाचार