शिरैको शिरबन्दी भन्दै आए मोहन (भिडियोसहित)

काठमाडौं,
श्रावण १२ ।

गायक मोहन खतिवडा ‘शिरैको शिरबन्दी’ भन्दै आएका छन् । उनको स्वरमा रहेको पुर्बेली लोक भकामा सजिएको गीतमा उनी यसो भन्दै आएका हुन् ।

गीतलाई अष्ट्रेलियामा बस्दै आएका नेपालीमुलका भुटानी गीतकार दुर्गाप्रसाद रिमालले लेखेका हुन्, सङ्गीत राजनराज सिवाकोटीले गरेका छन् ।
बिशाल भण्डारीले निर्देशन गरेको यो गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक जीवन भट्टराइले अभिनय गरेका छन् ।

मनिस चामलिङद्वारा इस्टन रेकडिङ स्टूडियो, टेक्सस अमेरिकामा रेकड गरिएको यस गीतलाई आमोस तामाङले एरेन्ज गरेका छन् भने छायांकनमा अर्जुन तिवारी र सम्पादन निसान घिमिरेले गरेका हुन् ।

गीतलाई मिना भण्डारीले निर्माण गरेकी हुन् । ‘गीत राम्रो बनेको छ अवश्य पनि दर्शक/स्रोताको माया पाउँनेमा आशावादु छु’, मोहनले भने ।

यसमा तपाइको मत

अन्य समाचार