सहिमाको स्वरमा नाकैमा फूली (भिडियोसहित)

काठमाडौं,
श्रावण ४ ।

गायिका सहिमाको स्वरमा रहेको नयाँ गीत ‘नाकैमा फूली…’ सार्वजनिक भएको छ । सम्राट क्रियशनको प्रस्तुति रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

शान्तिप्रियको शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियोमा निता ढुंगानालाई फिचरिङ गरिएको छ भने उनलाई संजय खतिवडाले साथ दिएका छन् ।

सुमन दाहालले निर्देशन गरेको गीतलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् भने सम्पादक सुरेश राउतले गरेका हुन् । गीतको भिडियोलाई इश्वर सिंकेमन छायाँकन गरेका हुन भने शुशील जोशीको श्रृंगार रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार