काठमाडौं,
श्रावण ४ ।
उपत्यकामा बक्स अफिस लागु भएपछिको पहिलो शुक्रबार यो हप्ता सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शन अन्तर्गत यो हप्ता प्रदर्शनमा आएका चलचित्र हुन् ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ ।
चलचित्र ‘भैरे’मा देशमै बसेर संघर्ष गरिररहेको एक युवाको कथा बोल्छ भने ‘पण्डित बाजेको लौरी’ मा तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई देखाइएको छ ।
यस्तै चलचित्र ‘चक्कर’ क्राइम सम्बन्धि रहेको छ । चक्करलाई अनुष्क रौनियारले निर्देशन गरेका हुन् । रविन आचार्यको निर्माण र छायांकन रहेको चक्करमा ऋचा शर्मा, एभोनराज उप्रेती, अर्पण थापा, सृजना सुब्बा, स्मृति पोखरेललागयतका कलाकारहरुको अभिनय छ ।
एभरेष्ट सूर्य बोहरा निर्देशक चलचित्र ‘भैरे’ मा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ गायतका कलाकारहरुको अभिनय छ ।
दीपक ओली निर्देशित चलचित्र ‘पण्डित बाजेको लौरी’ मा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतका कलाकारको अभिनय छ ।






