कोरियोग्राफीमा सञ्जय

काठमाडौं,
श्रावण २ ।

मोडल तथा बडिबिल्डर सञ्जय राजविक्रमको अर्को परिचय बनेको छ कोरियोग्राफार । पछिल्लो समयमा विभिन्न म्युजिक भिडियोमा ब्यस्त रहेका उनी ब्युटी पेजेन्टहरुको निर्णयक र कोरियोग्राफरका रुपमा पनि प्रस्तुत हुँदै आएका छन् । भरखरै सम्पन्न ‘टाइटल विनर फेशन’ शोका कोरियोग्राफर थिए उनी ।

छोटो समयमै आफ्नो सुगठित शरीर, चक्लेटी अनुहार तथा कुशल अभियनका कारणले गर्दा दर्शकको मन जित्न सफल भएका सञ्जय अहिले सबैको रोजाइमा पर्दै आएका चल्तीका मोडल हुन् ।

म्युजिक भिडियो निर्देशनसमेत गर्दै आएका सञ्जयले फरक–फरक सौन्दर्य प्रतियोगितामा निर्णयकको भूमिका पनि निर्वाह गर्दै आएका छन् । र्याम मोडलिङमा समेत आफ्नो बाक्लो उपस्थिति देखाउँदै आएका सञ्जयले विभिन्न ईभेन्ट अर्गनाइज पनि गर्दै आएका छन् । उनी समाजसेवामा पनि त्यतिकै सक्रिय देखिन्छन् । नयाँ चलचित्रका लागि कुरा भइरहेको उनी बताउँछन् ।

यसमा तपाइको मत

अन्य समाचार