काठमाडौं,
आषाढ २७ ।
पार्वती राईको स्वर रहेको ‘काठमाडौंमा धररर मेलम्चीको पानी…’ सार्वजनिक भएको छ । राजधानीको रातोपुल स्थित रकहाउँस क्याफेमा भएको कार्यक्रममा पार्वतीले आफ्नो जन्म दिनको अवसरमा पारेर ‘काठमाडौंमा धररर मेलम्चीको पानी…’ गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।
विक्रम राईको शब्द-सङ्गीत रहेको उमेश गुरुङले निर्देशन गरेको गीतको भिडियोमा मणी चाम्लिङ र रेखा लिम्बूले फिचरिङ गरिएको छ । क्वालिटी फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।
अलग आर्ट हबले आयोजना गरेको गीतको भिडियो सार्वजनिक कार्यक्रममा सङ्गीतकार शान्तिराम राई, पारश मुकारुङ, ताराप्रकाश लिम्बू , रुपकुमार राई, रविन राई, गायिका वविता राई अनु, बेनुका राई, गीतकार पेशल राई, साहित्यकार श्रीराम राई, किरातीम्मा गायन समूहलगायतको उपस्थिति रहेको थियो ।
गायक रेवत राईको सभाध्यक्ष, सूर्य थुलुङको प्रमुख आतिथ्य र नाकिमा नाकिमको सञ्चालनमा गीतको भिडियो सार्वजनिक कार्यक्रम सम्पन्न भएको थियो ।






