काठमाडौं,
आषाढ २५ ।
कलाकारिता तथा निर्देशन क्षेत्रमा क्रियाशील अमृतमान महर्जन ओएस नेपाल अवार्डबाट सम्मानित भएका छन । दुई दशक देखि कला क्षेत्रमा सकृय महर्जनले दर्जनौ टेलिचलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री, नेवारी चलचित्रमा अभिनय तथा निर्देशन गरिसकेका छन् । नेपाल भाषा भिडियो निर्देशकको उपाधि अमृत मान महर्जनले पाएका हुन् ।
पाँचवटा नेपाल भाषाको भिडियो मध्ये ‘पलख आसे’बाट महर्जनले उत्कृष्ट भिडियो निर्देशकको उपाधि पाउन सफल भएका हुन । उनले निर्देशन गरेका टेलिचलचित्र, डर, नाता जिन्दगीको, उलचया वाखँ ठुलिचा, जस्ता दर्जनौ टेलिचलचित्र दर्शकले मन पराईसकेका छन ।
उनको हालै निर्देशन गरेको ठुलो पर्दाको चलचित्र ‘क्रिमिनल’ छायांकनको क्रममा रहेको छ भने लगतै ‘माछा माछा भ्याकुता’ को तयारी गरिरहेका छन् ।






