काठमाडौं,
आषाढ २४ ।
चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । अमेरिकामा निर्माण भएको यो चलचित्रको ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा अमेरिकामा रहेका नेपालीहरुको यर्थाथता देखाउन खोजिएको छ । त्यही बसेका नेपाली कलाकारहरुलाई समेटिएर निर्माण भएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन् ।
ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भइरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले गराए । अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भइसकेको थापाले जानकारी गराएका छन् ।






