काठमाडौं
आषाढ १३ ।
यासेली योङहाङ र सुमधुर स्वरकी धनि सिता सिंगकको आवाजमा रहेको ‘ईनु तुखे’ बोलको गीतको म्यूजिक भिडियो सार्वनजिक भएको छ । गीतकार तथा कलाकार गीता पालुङवाको शब्द अनि गायक योङहाङद्वारा नै सङ्गीतबद्ध भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
लिम्बु भाषाको संरक्षण सम्बद्र्धन र प्रबद्र्धन गर्दै पुस्ता हस्तान्तरण गर्नुपर्ने कथावस्तु समेटिएको भिडियोमा कलाकार यासेली योङहाङ र गीता पालुङवालाई मुख्य पात्रको रुपमा देखाईएको छ ।
भिडियोका निर्देशक लोकेन साँवाले छोटो दृष्यको माध्येमबाट प्राचीन किराँत याक्थुङ लिम्बुहरु ढङ्गेयुग देखि कृषियुग हुँदै अहिलेकोे एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि भाषा अनि सभ्यताको महत्वतालाई नजिकैबाट चिनाउने प्रयास गरेका छन् ।
युग बदलिए जस्तै लिम्बुहरुको संस्कृति संस्कार पनि आधुनिक युगसँगै परिमार्जन गर्दै, विकास गर्दै लानुपर्ने सान्दर्भिकतालाई निर्देशक लोकेन साँवाले कलाकारहरुको भुमिकासँग जोडेका छन् ।
याक्थुङ हाक्पारे पालाम सयङको व्यावस्थापनमा निर्मित लिम्बु संस्कृति र सभ्यतासँग जोडिएको उक्त भिडियो निर्माणमा सिक्वेन्स फेसन हाउस र द हाईल्याण्ड आर्टले ड्रेसको सौजन्य गरेका छन् ।






