जापानमा हुने फिल्म अवार्डका १२ विधामा लोकप्रिय पाँचको मनोनयन सार्वजनिक

काठमाडौं,
आषाढ १० ।

जापानमा हुने फिल्म अवार्डका १२ विधामा लोकप्रिय पाँचको मनोनयन सार्वजनिक गरिएको छ । पहिलो पटक जापानको टोकियोमा हुन लागेको नेपाली फिल्म अवार्डका १२ विधामा लोकप्रिय पाँचको मनोनयन सार्वजनिक गरिएको हो । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक सूर्य इन्टरनेसनल अवार्ड हुने जानकारी दिँदै १२ विधामा लोकप्रिय पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन् । त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन्  ।

भदौ ३१ मा हुने उक्त अवार्डमा मनोनयनमा परेकामध्ये सर्वाधिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । निस्शुल्क अनलाइन भोटिङमार्फत विजेता छानिने अवार्ड अध्यक्ष वासुदेव लामिछानेले जनाएका छन् ।

अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सहकलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायकरगायिका रहेका छन् । अवार्ड अध्यक्ष लामिछानेले नेपाली फिल्मको विश्व बजार प्रवद्र्धनमा टेवा पुगोस् भनेर अवार्ड आयोजनाको सुरुवात गरिएको बताए ।

बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने बताइएको अवार्डको लागि जापान र नेपालमा तयारी भइहेको पनि लामिछाने भिडियो सन्देशमार्फत बताए । अवार्ड समारोहमा चार दर्जनभन्दा बढी कलाकर्मीसहित सञ्चारकर्मी सहभागी हुनेछन् । अवार्डको नेपाल संयोजन पत्रकारद्वय नरेश भट्टराई र समीर बलामीले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार