काठमाडौं,
आषाढ २ ।
गायक नारायण धितालले ‘अंगालोमा बाधी…’ लिएर आएका छन् । उनले दर्शक/स्रोतामाझ करीब ८ बर्षको अन्तरालपछि ल्याएको पछिल्लो गीति एल्बम ’जय मायाप्रेम’बाट ‘अंगालोमा बाधी…’ गीतको भिडियो लिएर आएका हुन् ।
सार्वजनिक यस गीतमा गायक धितालसँगै भारतीय चर्चित गायिका संजीवनीको मोहनी आवाज पनि सुन्न सकिन्छ । सार्वजनिक यस गीतमा निरपेश उप्रेतीको शब्द रचनामा शिखर आर सन्तोषको सङ्गीत सृजना रहेको छ ।
स्कट्ल्यान्डको सुन्दर अनि आकर्षण स्थलहरुमा छायांकन गरिएको यस गीतको भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारको अभिनय रहेको छ । मोहन कार्कीको कोरियोग्राफी अनि फौस्तास तलक्काको छायांकन रहेको यस गीतको भिडियोलाई दीपेश रेग्मीले निर्देशन तथा सम्पादन गरेका छ्न् ।
गायक धितालले एल्बम जय मायाप्रेम अघि पनि एल्बम ‘धड्कन र काईट्स’ दर्शक/स्रोतामाझ ल्याएका थिए ।






