काठमाडौं,
वैशाख ३० ।
मकाउमा रहेर नेपाली गीत सङ्गीतमा आफूलाई संलग्न गराउँदै अएका मंगल रार्इ (साइला)को ‘मायाको ओखती’ बोलको गीत सार्वजनिक भएको छ ।
मंगल राइले लेखेको गीतमा मेनुका रार्इ तथा राजेश पायल रार्इको स्वर सजिएको छ । पूर्वेली लोक भाका समावेश गरिएको उक्त गीतमा प्रियजन राइले सङगीत भरेका छन् । गीतको म्युजिक भिडियो पनि प्रियजन राइले नै निर्देशन गरेका हुन ।
भिडियोमा समीर राइ र मनिता राइलाई फिचरिङ गरिएको छ । गीतको लय र भाका अनुसार मोडल छनौटले गीत झनै सुन्दर बनेको छ । गीतमा मोडलिङ गर्ने मोडल मनिता राइ मेगा डान्स कम्पिटिसन छमछमी सिजन ३ मा सहभागी प्रतिस्पर्धी हुन ।
गीतको म्युजिक भिडियोमा नेपालको पूर्वको लोक सास्कृतिलाई चिनाउने प्रयास गरिएको छ । पूर्वको कला सस्कृतिलाई गीतको भिडियो देखाउन खोजिएको छ ।
https://www.youtube.com/watch?v=MoQVizNYFRQ






