काठमाडौं,
वैशाख २६ ।
गायिका सरिता प्रजापती ‘नेक्टस् टाइम’ भन्दै स्रोता/दर्शकमाझ आएकी छन् । डान्सिङ बिटमा तयार पारिएको गीत सार्वजनिक भएको हो ।
साङ्गीतिक यात्राको ७ बर्षिय करियरमा थुप्रै आधुनीक तथा लोकपप गीत स्रोता/दर्शकमाझ पस्किएकी सरिता स्टेज कार्यक्रममा खोजिने गायिका पनि हुन् । अहिलेसम्म चार दर्जन बढी गीत रेकर्ड गराएकी उनका थारु, भोजपुरी र नेपाल भाषाका गीत समेत सार्वजनिक भएका छन् ।
सरिताले नयाँ गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेकी हुन् । गीतमा गणेश श्रेस्ठको शब्द, अनिश श्रेस्ठको सङ्गीत समेटिएको छ । भिडियोमा जाह्वी बस्नेत र मोहन तिमल्सिनाको अभिनय देख्न सकिन्छ ।
https://youtu.be/CDdT9xCngJs






