काठमाडौं,
वैशाख २५ ।
मिस गुरुङ इन्टरनेशनलको दोस्रो संस्करण शुरु भएको छ । मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा ‘मिस गुरुङ इन्टरनेशनलको दोस्रो संस्करण शुरु भएको हो ।
देश तथा विदेशमा समेत फेशन शो तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेको यस अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता गुरुङ्ग समुदायका युवती लक्षित गरिएको छ । समुदायका कला संस्कृति तथा भाषालगायतको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको छ ।
काठमाडौंलगायत देशका मुख्य शहर नवलपरासीको कावासोती, पोखरा, लमजुङ, धरान, ईटहरी तथा नेपालगञ्जमा ईच्छुक गुरुङ्ग युवतीहरुको छनौट प्रक्रियाका लागि अडिसन राखिने मृगतृष्णा फेशन हाउसकी प्रबन्ध निर्देशक तथा फेशन डिजाईनर तृष्णा गुरुङले जानकारी दिईन ।
हालै मात्र आफ्नो गृहजिल्ला कावासोतीमा पहिलोपटक फेशन शो आयोजना गरेर प्रशंसा कमाएकी तृष्णाले सोही स्थानको गुम्बाबाट जेष्ठ १२ गतेका दिन अडिसन राखेर मिस गुरुङ ईन्टरनेशनलको लागि औपचारिक शुरुवात हुन लागेको प्रतियोगिताको व्यबस्थापकीय जिम्मा लिएको स्टायल एडीका अतीत लामा तथा दिपेश खड्काले जानकारी दिए ।
उक्त प्रतियोगिताको बिजेता तथा उपाधी बिजेताहरुले स्कुटर, पचास हजार नगद पुरस्कार, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलार्इ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर तथा मिस नेपाल सुगारिका केसी एवम् ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । यसका अलावा फोटोसुट, ब्राण्ड टिसर्ट, आकर्षक गाउन उपलब्ध गराई नेपालका महत्वपूर्ण स्थलहरुको भ्रमण, सामाजिक कार्यमा समेत सहभागी गराईने आयोजकले जनाएको छ ।






