काठमाडौं,
वैशाख २५ ।
गायक जगन निरौलाले देशभक्ति गीत स्रोता/दर्शकमाझ ल्याएका छन् । उनले ‘सगरमाथा छानो…’ गीत लिएर आएका हुन् ।
प्रवासमा बसेर गीत मार्फत गायक जगन निरौला नेपाल देश को सुन्दर्ताको वर्णन गर्दै नेपाल देश घुम्न जान अनुरोध गर्दै छन् । उनकै शब्द रहेको छ गीतमा संगीतसम्योजन चन्दु गोर्खालीको रहेको छ ।
सिकागो शहरको बिभिन्न ठाउँमा यस भिडियोमा सिकगो शहरमै बस्दै आएका आर एल शेर्पाले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोमा राज थापा, सोनिया गरास, विश्व राई बिदुर काफ्ले, मन्जु सोनम, पुजा शाहीलगायतले अभिनय गरेका छन् ।






