सिनेमाघरमा शत्रुगते

काठमाडौं,
चैत ९ ।

आजदेखि देशभरका सिनेमाघरमा शत्रुगते आएको छ । शुक्रवार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमा घरमा चलचित्र शत्रुगते प्रदर्शनमा आएको हो ।

चलचित्र देशभरका १ सय १० भन्दा बढी सिनेमाघरमा लागेको छ । स्टारकास्ट, गीत, र सशक्त ट्रेलरका कारण अत्याधिक चर्चामा रहेको यो चलचित्रले राजधानीका मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । चलचित्रले क्युएफएक्स अन्तर्गतको हलहमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईद्धरा निर्देशित चलचित्र ‘शत्रु गते’को एडभान्स बुकिङ पनि आक्रामक रहेको छ । लचित्रमा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । साथमा, चलचित्रको ट्रेलरमा देखिएको कमेडी, कलाकारको अभिनय र संवादले पनि यसलाई प्रतिक्षित बनाएको हो ।

‘शत्रु गते’ चलचित्र मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतिमा निर्माण भएको हो । सामाजिक कथा फ्यामिली ड्रामामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ । तराई र काठमाडौंमा छायांकन गरिएको यो चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

यसमा तपाइको मत

अन्य समाचार