काठमाडौं,
चैत ८ ।
रमि श्रेष्ठले ‘किन हुन्छ…’ गीत लिएर स्रोता/दर्शकमाझ आएकी छन् । रमिको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
सलिना प्रधानको स्वर रहेको यस गीतमा अनिल शाहीको सङ्गीत रहेको छ । सार्वजनिक भिडियोमा सङ्गीतकार अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ ।
पन्त मिस टिन नेशनलको विजेता पनि हुन । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायाँकन रहेको छ ।
गीतकार श्रेष्ठले गीत लेखनको साथमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । र्यामजोन इन्टरटेनमेन्ट प्रालिकी सिइओ रहेकी श्रेष्ठको यस अघि थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।






