गायनमा आफ्नै पहिचान बनाउँदै श्रीया नेपाल

काठमाडौं,
फागुन ३० ।

गायिका श्रीया नेपाल पिता सुदर्शन नेपाल र आमा सरिता नेपालको कोखबाट सिमरामा जन्मेकी हुन, बिगत केही बर्ष देखि सिमरा हुँदै काठमाडौंलाइ कर्मथलो बनाएर साङ्गीतिक क्षेत्रमा देखिएकी श्रीया सानै उमेरबाट सङ्गीतमा रुचि राख्ने गर्थिन ।

कक्षा ५ मा अध्यनरत हुँदानै अन्तरबिद्यालय गायन प्रतियोगितामा सिमराबाट इन्टर स्कुल च्याम्पियनसिपको आइडल बन्न सफल उनी कक्षा २ पढ्दा देखिनै गीत गाउन सुरु गरेको बताउँछिन् ।

कक्षा आठमा पढ्दा पढ्दै आफ्नो पहिलो गीत रेकर्डिङ गरेर ब्यबसायिक गायन पेशालाई अगाडी बढाउदै आएकी श्रीया आफ्नो बिध्यालय जीबन देखिनै विभिन्न स्टेज कार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रम हरुमा गीत गाउने गर्थिन ।

उनले अहिलेसम्म आउँदा करिब आधा दर्जन गीतमा आवाज भरि सकेकी छिन् । नेपालमा हुने विभिन्न मेला महोत्सबमा समेत आफ्नो प्रस्तुति दिएर चर्चा बटुल्दै गरेकी उनी मिठो आवाजको धनि छिन् ।

यसमा तपाइको मत

अन्य समाचार