काठमाडौं,
फागुन २९ ।
गायक कपिल कस्पालले किन घात गर्यौ भन्दै छन् । उनले हालै स्रोता दर्शकमाझ ल्याएको गीतमा यस्तो भनेका हुन् ।
गायक, रचनाकार तथा रेडियो प्रस्तोता कस्पालको स्वर रहेको गीतलाई सुवाशचन्द्र ढुङेलले लेखेका हुन भने सङ्गीत हरि लम्सालको रहेको छ । जनकराज अधिकारीले खिचेको भिडियोलाई प्रेम शर्माले सम्पादन गरेका छन् ।
राग रागिनी इन्ट्रटेन्मेन्टको अध्यक्ष, भक्तपुर साङ्गीतिक समाजको उपाध्यक्ष रहेका कपिल रेडियोकर्मीसँगै सामाजिक अभियानमा पनि सक्रिय छन् ।
गायनसँग सँगै सामाजिक कार्यहरुमा पनि आफूलाई संलग्न गराउँदै आएका उनले आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि स्रोताको मन जित्नेमा आफू आशावादी रहेको बताए ।






