काठमाडौं,
फागुन २७ ।
राजेश पाएल राईको स्वरमा रहेको गीत ‘फूल भन्दा…’ सार्वजनिक भएको छ । सङ्गीतकार राजु सिंह र गीतकार बसन्त वित्यासी थापाको २५ वर्ष लामो साङ्गीतिक यात्राको रजत जयन्तीको अवसरमा ‘तिमी मेरो साथी’ नामक एल्वमको ‘फुल भन्दा कमि छैन’ सार्वजनिक गरिएको हो ।
सार्बजनिक भिडियोमा गणेश अग्रवाल, साधना शर्माको अभिनय रहेको छ भने राजेश पायल राईको स्वर, राजु सिंहको सङ्गीत तथा बसन्त वित्यासी थापाको शब्द तथा प्रदिप श्रेष्ठको एरेञ्ज रहेको छ । सञ्जय पाण्डेले निर्देशन गरेको यस भिडियोलाई सुरेश बज्राचार्यले छायाँकन गरेका हुन् ।
मिलाप मासिकले आयोजना गरेको उक्त भिडियो बिमोचन कार्यक्रममा कलाकार उत्तम केसीले साङ्गीतिक यात्राको २५ वर्ष वितिसक्दा २०४९ सालबाट ‘रित्तो सडक’ नामक गीतबाट यहाँसम्म आइपुगेकोमा बधाई दिँदै आगामी दिनहरुमा पनि यो मित्रता रहिरहोस् भन्दै सार्बजनिक भिडियोलाई समेत शुभकामना दिएका थिए ।
राजु सिंह र बसन्त वित्यासीका सहकार्यमा एल्वम अविरल, ठुल्नानी, मित्रता, अनुरोध, गहना, दशक, जस्ता एल्वम यस अघिनै सार्बजनिक भइसकेका छन् भने सार्बजनिक भिडियो समावेस एल्वम तिमीमेरो साथी चाँडै बजारमा आउँदैछ । रित्तो सडकमा नजरको दोषी बनी, आश्वासन नदेउ, हिड्दा कहिले काहीँ ठेस लाग्छ, आलो मेरो घाउमा जस्ता वित्यासी र सिंहका चर्चित गीत हुन् ।






