काठमाडौं,
फागुन १४ ।
चलचित्र ‘ब्ल्याक’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर आश्मा फिल्मस् प्रालीको ब्यानरमा आँचल शर्मा र आकाश श्रेष्ठ स्टारर चलचित्र ‘ब्ल्याक’को पोस्टर पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा आँचल र आकाश प्रेमभावमा देखिन्छन् भने एक पोस्टरमा आकाशलाई ‘एङ्ग्री’ मुडमा प्रस्तुत गरिएको छ । आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रको पोस्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको निर्देशक श्रेष्ठले बताए । ‘पछिल्लो समय नेपाली चलचित्रप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी चलचित्र तयार गरेका छौँ, निर्देशकले श्रेष्ठले भने, ‘हाम्रो चलचित्रले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’
एक्सन लभस्टोरी जनराको चिलचित्र मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । प्रदिप श्रेष्ठ निर्देशित ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको सङ्गीत छ भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् ।
रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ । चलचित्रलाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् ।
चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता रहेका छन् । चलचित्रले सिनेमाघरमा आउने मिति आगामी जेठ ११ लाई तोकेको छ ।






