काठमाडौं,
फागुन १३ ।
जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको चलचित्र जय शम्भुको घोषणा गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गरिएका हुन् ।
चलचित्र घोषणासँगै फ्लोरमा गएको छ । चलचित्रमा प्रशान्त ताम्राकार, अनुुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भुमका रहेको छ । यो चलचित्रबाट जय शम्भुबाट रोशन महर्जनले डेब्यु गर्दैछन् ।
दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटीलगायतको लगानी रहने चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्नेछन् । ४५ दिन सम्म छायाँकन हुने चलचित्र काठमाडौं र अन्नपूर्ण बेष्ट क्याम्पमा खिचिने निर्माण पक्षले बताईएको छ । एक्शन लभस्टोरी जनरामा निर्माण हुन लागिएको चलचित्रमा प्रशान्त, अनुप र बर्षा राम्रो पारश्रमिकमा अनुबन्ध भएका हुन् ।
हरि घले लामाले खिच्ने चलचित्रमा श्री श्रेष्ठको एक्शन, रामजी लामिछानेको कोरियोग्राफि रहनेछ । आगामी साउन १ गते रिलिज टार्गेट गरिएको चलचित्रमा मा सङ्गीत भने प्रदिप कँडेल र अर्जुन पोखरेलको रहने बताईएको छ ।






