काठमाडौं,
फागुन १३ ।
सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पियुषसँगै बेनिशा हमाल फिचरीङ छिन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ ।
गीत सुरी एल्बममा सङ्ग्रहित छ भने यसमा शब्द सानो दिल र सङ्गीत भानुभक्त ढकालको रहेको छ । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध लामा एण्ड टिमले छायाँकन गरेका हुन् ।
विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस एल्बममा ५ गीत सङ्ग्रहित छन् । लालगेडीसँगै यसमा सुरी, को हो त्यो, तिम्रो आगमनले र मन भरि बेदना बोलको गीत रहेका छन् । यसमा सुरीकै स्वर रहेको छ भने लालगेडीसँगै सुरीमा पियुषले साथ् दिएका छन् ।
यसमा सानो दिल, रवी मल्ल, कमल मल्ल, सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह, न्हू बज्राचार्य र कर्ण दासको सङ्गीत रहेको छ ।






