काठमाडौं,
फागुन ८ ।
तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’मा समाबेश ‘टुल्की’ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ ।
उक्त अडियो गीत वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । ‘टुल्की’मा सुरज पण्डितको स्वर ,शब्द र सङ्गीत रहेको छ ।
वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । चलचित्रमा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीको सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रुपमा दशरथ गिरी रहेका छन् ।
चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।






