काठमाडौं,
फागुन ५ ।
हरर चलचित्र सुनकेसरीको टिजर सार्वजनिक भएको छ । अभिनेत्री ऋचा शर्माले निर्माण गरेको हरर चलचित्र सुनकेसरीको युट्युवमार्फत टिजर सार्वजनीक गरिएको हो ।
आगामी २०७५ जेठ ११ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रको सम्पूर्ण सुटिङ अष्ट्रेलियामा गरिएको छ ।
अर्पण थापाको निर्देशनमा बनेको चलचित्रमा ऋचाका साथमा रबिन्द्र झा, सन्नी ढकालका साथै अष्ट्रेलियन कलाकार लौरेन लोफ्बेर्गलगायतले अभिनय गरेका छन् ।
निर्देशक अर्पणकै लेखन रहेको चलचित्रको कार्यकारी निर्माता मनोज अधिकारी छन् भने निर्मातामा भीम न्यौपाने, शर्मीला सापकोटालगायत छन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र बिजय अधिकारीको सङ्गीत रहेको छ ।
ऋचा शर्मा फिल्मस्का साथमा बिजी इन्टरटेन्मेन्ट, दी पिक पिक्चस र थर्ड आइ पिक्चर्सको प्रस्तुति रहेको सुनकेशरी नौलो प्रकारको हरर चलचित्र भएको ऋचा बताउछिन् ।
केही समयपछि चलचित्रको टे«लर सार्वजनीक गर्ने योजना निर्माण पक्षको छ । रहस्यमय कथाको सुनकेसरीको सार्वजनीक पोस्टर र टिजरले अहिले चर्चा पाइरहेको छ ।






