काठमाडौं,
फागुन २ ।
गीतकार अम्बिका गुरुङले एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आदत…’ शीर्षकको उक्त लभ सङ भ्यालेन्टाइन इभको अवसर पारेर फेब्रुअरी १३ को साँझ यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गायक सुमन केसीको स्वरमा सजिएको उक्त मेलोडियस गीतमा शंकर थापाको सङ्गीत निर्देशन छ । सङ्गीतकार थापा तथा गायक केसीले गीतका शब्दहरुको भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । उदयराज पौडेल यो गीतका सङ्गीत संयोजक हुन् ।
अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा पल शाहले र सन्ध्या केसीसँग अनस्क्रिन रोमान्स गरेका छन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।






