काठमाडौं,
माघ १९ ।
चलचित्र ‘पसिना’को ट्रेलर सार्बजनिक गरिएको छ । मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गते बाट देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रको बिहिबार ट्रेलर सार्बजनिक गरिएको हो ।
‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगनका साथ चलचित्रको प्रचार प्रसारको पनि थालनी भएको छ । श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्र लार्इ निर्देशक आर.बि.खत्री ‘शरद’ले निर्देशन गरेका हुन् ।
चलचित्रले बिशेषत महिला श्रमिकको पिडा लार्इ उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकाल र इन्जिनियर संजय महतोको लगानी रहेको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्मित चलचित्र पसिनाका कार्यकारी निर्मातामा रमेश एम.के. पौडेल रहेका छन् ।
चलचित्रमा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, धुर्ब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारी, शिब शंकर रिजाल, सुरज के.सी., शारदा गिरीलगायतका कलाकारको अभिनय छ ।
जीवन गौतम मुख्य निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी. र कृष्ण लामा रहेका छन् । राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्मा को सङ्गीत रहेको चलचित्र लार्इ नबिन निरौलाले सम्पादन गरेका छन् भने शिब बि.क.को नृत्य निर्देशन तथा देब महर्जनको द्वन्द्व रहेको छ ।
चलचित्रमा लक्ष्मी गिरी र राम बस्न्यात सहायक निर्माता रहेका छन् । निर्देशक आर.बिकै कथामा बनेको चलचित्रले सामाजिक र यथार्थ घटनालाई उतार्ने प्रयास गरेको निर्माणपक्षले बताएको छ ।
https://www.youtube.com/watch?v=gzH8ElkL1rA






