काठमाडौं,
माघ १७ ।
गायक रवि सुवेदीको ‘कहिले माया उकाली…’ बोलको म्युजिक भिडियो छायांकन गरिएको छ । काठमाडौको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतमा शंकर ज्वालाको शब्द सृजना रहेको छ भने सङ्गीत सुरेन्द्र श्रेष्ठको रहेको छ । आर्टिष्ट नेपालको प्रडक्सन रहेको भिडियोको माधव बेल्वासेको सम्पादनमा रहनेछ ।
युवा निर्देशक नव ढुंगेलको निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन् । सन्दीप भुजेलको नृत्य निर्देशन रहेको भिडियोमा स्वय गायक रवि सुवेदी, मोडल सुजाता आचार्य तथा रंजित पौडलेको अभिनय रहेको छ । भिडियो छिट्टै बजारमा आउने गायक सुवेदीले जानकारी दिए ।
गायक सुवेदी एक दशक भन्दा लामो समयदेखी सङ्गीत क्षेत्रमा सक्रिय छन् । उनले २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । अमेरिकामा आफ्नो व्यापारमा व्यस्त रहेर पनि वर्षमा कम्तिमा २ पटक नेपाल आई विभिन्न साङ्गीतीक कार्यक्रममा सहभागीता जनाउदै आएका छन् । यो पटकको नेपाल बसाईमा २ वटा म्युजिक भिडियोको छायांकन तथा आधा दर्जन गीतहरुमा स्वर दिन भ्याएका छन् ।






