काठमाडौं,
माघ १७ ।
चलचित्र पञ्चेबाजाको रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ । आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र पञ्चेबाजालाई मोफसलको लक्की मिडिया हाउस चितवनको आयोजनामा यही फागुन ८ गते, मंगलबार साँझ ६ बजे क्यूएफएक्स जलमा सिनेमा हल नारायणघाटमा कलाकारहरुको साथमा रेड कार्पेट प्रिमियर शो हुने भएको हो ।
घनश्याम लामिछाने निर्देशित चलचित्रमा सौगात मल्ल कर्मा, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय रहेको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ । चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको सङ्गीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।
रेड कार्पेट प्रिमियर शोमा चलचित्र पञ्चेबाजाका कलाकारसँगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका अध्यक्ष हरि कार्की ‘लक्की’ले जानकारी गराए ।






