रुपम लिएर आए रुद्रशेखर

काठमाडौं,
माघ ६ ।

गायक रुद्रशेखर शर्माले ‘रुपम’ एल्बम लिएर आएका छन् । गीतकार विपिन किरणको एकल शब्द रचना र सङ्गीतकार नारायण सुवेदी आभासको सङ्गीतमा गायक चन्द्रशेखर शर्माले रुपम लिएर आएका हुन् ।

राजधानीमा आयोपजत एक कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा रुपमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार यादव खरेल, एसपी कोइराला, डा. नवराज लम्साल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी, सङ्गीतकार सङ्घका उपाध्यक्ष शान्तिराम राईलगायतले संयुक्त रुपमा रुपमलाई सार्वजनिक गरेका थिए ।

अतिथिहरुले रुपम एल्बमका तीन स्रष्टा रुद्रशेखर शर्मा, विपिन किरण र नारायण सुवेदी आभासलाई शुभकामना दिँदै सङ्गीत क्षेत्रका विषयमा पछिल्लो समयका प्राप्ति र गीतसङ्गीतमा गरिएको लगानीका बारेमा चर्चा गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार