काठमाडौं,
माघ ५ ।
चलचित्र ‘क्रिमिनल’ मार्फत आशा लाग्दो नायकको उदय हुने भएको छ । मार्शल आर्टका खेलाडी समेत रहेका नायक हुन क्रान्ति बराईली । उनको दमदार एक्शन भूमिका रहने चलचित्र हो ‘क्रिमिनल’ जुन चलचित्र छायाँकनको क्रममा रहेको छ ।
उनले बिगतमा केही म्युजिक भिडियो र ‘कसूर’ नामक चलचित्रमा काम गरेका थिए । जनमुक्ति सेना हुँदै चलचित्रको रङ्गीन पर्दामा स्थापीत हुन सङ्घर्षरत क्रान्ति बराईली मार्शल आर्टका खेलाडीमात्र नभएर राम्रा फुटबल खेलाडीको रुपमा पनि परिचित छन् ।

२०६४ सालमा सम्पन्न गणतान्त्रिक राष्ट्रिय फुटबल खेलमा उनले कोशी अञ्चलबाट सहभागी जनाएका थिए । सानै देखि कलाकारीता प्रति रुचि राख्दै आएका क्रान्ति बराईली आफ्नो ब्यवसायसँगैै कलाकारीतालाई पनि एक साथ अगाडी बढाउने सोचमा रहेका छन् ।






