लिटिल स्टार अफ दि इयरका प्रतियोगी प्रशिक्षणमा

काठमाडौं,
पौष २४ ।

‘लिटिल स्टार अफ द इयर २०१८’का ७० प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगीताका यि प्रतियोगीले दरबारमार्ग स्थित सिडब्लु रेष्टुरेन्टमा अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन् ।

राजधानीमा आयोजित प्रारम्भिक चरणमा छानिएका प्रतियोगी प्रतियोगीताको शिर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउन १८ गतेदेखि नियमित प्रशिक्षणमा जुटिरहेका आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टले जनाएको छ । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्येबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफल भएका हुन् ।

प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, जीवन गिरीलगायतले गरिरहेका छन् ।

प्रशिक्षणको क्रममा उनीहरुले सङ्गीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासनलगायत बिषयको ज्ञान लिने कार्यक्रमको कोडिनेटर जीवन गिरीले बताए ।

शिर्ष सहित बिभिन्न उप बिजेता समेत छानिने प्रतियोगीतामा बिजेताले बिभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने प्रवन्ध निर्देशक महेश केसीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार